रुख ढलेर घरमा क्षती पुगेका कार्कीलाई सिवाईजीको सहयोग
- ३० श्रावण २०७५, बुधबार
- 1493 पटक पढिएको
म्याग्दी, ३० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बरको रुख ढलेर पुर्ण रुपमा घरमा क्षती पुगेर समस्यामा परेका यामबहादुर कार्कीको परिवारलाई पिप्लेमा क्रियाशिल रहेको सिवाईजी समुहले नगद सहयोग गरेको छ ।
समुहले कार्कीको परिवारलाई नगद रु ११ हजार १ सय ११ राहत सहयोग गरेको हो । सिवाईजीका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, सज्जन मल्लको कार्यक्रम संयोजकत्व र सहसचिब सञ्जय शर्माको सञ्चालनमा भएको कार्यक्रममा सो राहत सहयोग प्रदान गरिएको थियो ।
प्राकृतिक प्रकोपको कारण घर नै भत्किएर समस्यामा परेका कार्कीको परिवारलाई राहतको लागि सहयोग गरिएको बताउँदै सहसचिब शर्माले अन्य महानुभाव र संस्थाहरुलाई समेत सहयोग गर्न आग्रह गर्नुभएको छ । यस समुहले विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ ।