बेनीमा विहानै विष्फोटको आवाज, बन्दले जनजिवन प्रभावीत
- २९ श्रावण २०७५, मंगलवार
- 2099 पटक पढिएको
बेनी २९ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवत्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो ।
बन्दका कारण बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । सर्वसाधारण पैदल हिडेर गन्तब्यमा पुग्न बाध्य भएका छन् । पसल, शैक्षिक संस्थाहरुमा पनी बन्दको प्रभाव परेको छ । यसैबीच मंगलबार बिहान सदरमुकाम बेनी नजिकैको खबराको बन क्षेत्रमा बिस्फोट गराएको छ ।
एका बिहानै भएको विस्फोटका कारण बजारबासी त्रसीत भएका छन् ।