हाईपर क्रु बेनी समुहको संयोजकमा बानियाँ चयन
- २८ श्रावण २०७५, सोमबार
- 1835 पटक पढिएको
म्याग्दी, २८ साउन । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हाईपर क्रु नेपालको म्याग्दीमा पनि समुह गठन भएको छ । सोमबार बेनीमा भएको एक भेलाले अनुप बानियाँको संयोजकत्वमा ६४ सदस्यीय टोली चयन गरेको हो ।
हाईपर क्रु बेनी समुहले समाजमा हुने विभिन्न घटनाहरुमा सक्रियतापूर्वक सहभागीता जनाएर सहयोग गर्ने संयोजक बानियाँले बताए । यस समुहले सोमबार गलेश्वरमा समेत भोलिन्टेयरको रुपमा खटिएर पुजा आजामा भक्तजनहरुलाई सहज बनाउन सहयोग गरेको थियो ।