राखु समाज काठमाण्डौद्वारा रक्तदान

  • २६ श्रावण २०७५, शनिबार
  • 2976 पटक पढिएको

म्याग्दी, २६ साउन । राखु समाजकल्याण समिति काठमाण्डौद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । समितिको बार्षिक कार्यक्रममा अन्र्तगत शनिबार रक्तदान शिविर आयोजना गरिएको हो ।राखु समाज काठमाण्डौका अध्यक्ष पुर्व प्रहरी उपनिरिक्षक प्रेम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आथिथ्यता मुटुरोग विशेषज्ञ प्रोफेशर डाक्टर रवी मल्लको उपस्थितमा नया टिर्सट वितरण गर्दै शिविर सुरु गरिएका थियो । सो रक्तदान कार्यक्रममा बोल्दै डां मल्लले रक्तदान गर्नाले गरिव जनताको उपचारमा सहयोग पुग्ने बताउदै यस्तो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । रक्तदान जीवन दान जस्तै भएको हुदाँ यस्ता कार्यलाई अन्य संघसस्थाले अनुसरण गर्नुपर्ने बताएका थिए ।

मिना मल्लको संयोजनमा भएको शिविरमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, वडा ३ का अध्यक्ष जीवन मल्ल र समितिका प्रवक्ता प्रविण मल्लको उपस्थित भएको थियो । समितिका महासचिव राजेन्द्रकुमार मल्लको संचालनमा भएको कार्यक्रमा विभिन्न क्षेत्रमा क्रियाशिल राखुबासीको उपस्थित शिविर सफल भएको समितिका सह–सचिव तथा कार्यक्रम संयोजकका सदस्य निरोज कार्कीले जानकारी दिएका थिए ।
२०५४ सालमा स्थापना भएको सो संस्थाले हरेक बर्ष क्रियाशिल रहदै विभिन्न क्षेत्रमा सक्रिय सहभागिता देखाउदै आएको छ । सो रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल सर्वसाधारणले रक्तदान गरेका थिए ।