सुरु भयो विकासको मूल : मुख्यमन्त्री गुरुङ

  • २४ श्रावण २०७५, बिहीबार
  • 1986 पटक पढिएको

म्याग्दी, २४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले समृद्धिको लागि प्रदेश सरकारले दिगो विकास आयोजनाहरु कार्यान्वयन सुरु गरेको बताए । बेनी नगरपालिकाको भेटघाट कार्यक्रममा मुख्यमन्त्री गुरुङले जनताको समृद्धिको चाहना पुरा गर्न स्थानीय, प्रदेश सरकारको सहकार्यमा सुरु भएकाे बताएका हुन् ।

संघिय शासन अनुसार प्रदेश सरकारले करको दर निर्धारण गर्ने, स्थानीय तहले उठाउने जिम्मा भएको बताउदै विकासको मुख्य आधार कर भएको बताए । “स्थानीय सरकारले लगाएको कर जनताले तिनुपर्छ, कर तिरेका उद्योग, संघसंस्थालाई सरकारले दिने सेवासुविधा र कानुनी ब्यवस्था र सुरक्षाको ग्यारेन्टी प्रदेशले दिने गुरुङ भने । विकासको लागि स्थानीयस्तरमा भएको स्रोतसाधन अधिकत्तम प्रयोगमा ध्यान दिनुपर्ने बताउदैै जनताको जीवनस्तर सुधारका लागि ब्यवसायिक कृषि खेती र उद्योगलाई लक्षित गरेर आवश्यक पुर्वाधार निर्माण गर्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।


“ ५ बर्षभित्र नेपालमा विकासको ढोका खुलेन भने कहिल्य पनि देशमा समृद्धि नहुने बताउदै सबै क्षेत्रमा भएको स्रोतसाधनलाई नीतिअनुसार जिम्मेवार पुर्वक परिचालन गर्र्न स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको भुमिका महत्वपुर्ण भएको बताए ।” कानुनी अन्योलता र सिकाईको अभावले एक बर्ष स्थानीय सरकारलाई भौतिक संरचना र कर्मचारी ब्यवस्थापनमा वितेको बताउदै भएको स्रोतसाधनलाई परिचालन गरेर विकासका योजना कार्यान्वयनमा लाग्न सुझाव दिएका थिए।
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बेनी नगरपालिका गतिविधि, बजेटको जानकारी गराउदै नगरपालिकाको मुख्य गुरुयोजना सहितको ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्री गुरुङ म्याग्दीको दोस्रो जिल्ला सभा कार्यक्रममा आएका हुन् ।