बेनी नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने

  • २३ श्रावण २०७५, बुधबार
  • 3180 पटक पढिएको

बेनी २३ साउन । म्याग्दीको बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गर्ने भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगर प्रहरी भर्ना प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । नगरपालिकाको गतिबिधिलाई सहज बनाउनका लागि चार जना सम्म नगर प्रहरी भर्ना गर्ने निर्णय भएको कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले बताउनुभयो । सोही बैठकले नगर क्षेत्रमा सार्वजनीक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाको पहिचान र हटाउनका लागि वडा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

जिल्ला भुसंरक्षण कार्यालयको नवनिर्मीत भवन नगरपालिकालाई हस्तान्तरणका लागि समन्वय समितिमा अनुरोध गर्ने र न्यायिक समितिको तालीम सञ्चालन र सचिवालय व्यवस्थापनका लागि म्याचिङ फण्डबाट पन्ध्र लाख रुपैया बिनियोजन भएको प्रवत्ता बराईलीले बताउनुभयो । बैठकले २०७४ माघ २६ गतेको बैठकले गरेको निर्णय अनुसार कायम भएको नगरको सडकको अधिकार क्षेत्रका केही बुदाहरुलाई संसोधन सहित स्विकृत गरेको छ । नगरपालिकाका वडा र बस्तीहरु जोड्ने ९ वटा सडकमा बर्खा याममा पनी नियमित सवारी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित वडाका अध्यक्षलाई जिम्मेवारी दिएको छ ।

रत्नेचौर भकुण्डे, बेनीभकिम्ली, बेनीपुलाचौर, बेनीपात्लेखेत, बेनी सुर्केमेला थामडाँडा डोले, बेनी डाडाँखेत ठुलोगैरा, गलेश्वर पात्लेखेत र बेनी लभ्लिहिल सडकमा नियमित सवारी सञ्चालनको व्यवस्था मिलाउने निर्णय भएको छ । नगर क्षेत्रको कालीगण्डकी र म्याग्दी नदी क्षेत्रमा ढुंगा, गिट्टी र बालुवा बिक्री प्रयोजनका लागि ठेक्का प्रक्रिया अघि बढाउने निर्णय समेत भएको छ ।