बर्षातले आगन भत्किदा मल्कबाङ्गका रतन छन्त्यालको घर जोखिमा
- २० श्रावण २०७५, आईतवार
- 2607 पटक पढिएको
म्याग्दी, २० साउन । म्याग्दीको धौलागिरि गाउँपालिका– ५ मल्कबाङ्ग बस्ने रतन बहादुर छन्त्याल बस्दै आएको घरको आगन बर्षातले भत्किदा घर जोखिममा परेको छ । साउन १७ गते भएको बर्षातले आगन भत्किदाँ बस्ने घर जोखिममा परेको हो ।
अबिरल बर्षाको कारण घरको जगलाई समेत असर गर्दै आगन भत्किएको हुदाँ तत्काल मर्मतसम्मार गर्नका लागि परिवारको आर्थिक अवस्थाले नसकिने बताउदै तत्काल मर्मतका लागि आर्थिक सहयोग गरिदिन गाउँपालिका, विभिन्न संघसंस्था लगायत देशविदेशमा रहेका जिल्लाबासीलाई पीडित छन्त्यालले आग्रह गरेका छन् ।
पीडित छन्त्यालको बस्ने घर अगाडि भएको आगन पुरै भत्किएर घरलाई समेत असर गरेको हुदाँ घरलाई जोगाउन लाग्ने आवश्यक खर्च सहयोग गरिदिन आग्रह गरेका हुन् ।
विस्तृत जानकारीका लागि :
रतन बहादुर छन्त्याल
मोबाइल नम्बर : ९८०८ ७३२ ५१०