गाउँपालीकाद्धारा तिप्ल्याङ “दुर्घटना”को छानवीन र वेपत्ताको खोजी गर्न माग
- २५ असार २०७५, सोमबार
- सन्तोष गौतम
- 2841 पटक पढिएको
म्याग्दी २५ असार / म्याग्दीको अन्नपूर्ण गाउँपालीकाले दश दिन अघि बेनी जोमसोम सडक अन्तरगत तिप्ल्याङ खण्डमा रहस्यमय दंगले भएको दुर्घटनाको छानवीन र वेपत्ताको खोजी गर्न माग गरेको छ ।असार १४ गते दिउँसो अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा सडकबाट कालीगण्डकीमा खस्दा वेपत्ता भएका भनिएका चालक बेनी नगरपालिका– ९ का ३१ वर्षिय रवी (इन्द्र बहादुर) खड्का असार २० गते सम्र्पकमा आएपनी उनले चलाएको जिपमा सवार घराम्दीकी २० वर्षिया सबिता नेपाली वेपत्ता छिन् ।
अन्नपूर्ण गाउँपालिकाको शुक्रबार सकिएको चौथो गाउँसभापछि बसेको कार्यपालीका बैठकले वेपत्ता नागरीकको अवस्था पहिचान, खोजी, निष्पक्ष अनुसन्धान, छानवीन र दोषीलाई कानुन अनुसारको कारबाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई आग्रह तथा अपिल गरीएको वडा अध्यक्ष गमबहादुर फगामीले बताए ।
बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएपछि कालीगण्डकीमा जिप खस्यो की ? खसाईयो ? भन्ने विषयप्रती चासो बढेको छ । यो घटनाले वि.स २०५० मा चितवनको दासढुङ्गामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रीत सवार गाडी त्रिशुलीमा खसेको घटनालाई झल्को दिएको छ ।
भण्डारी र आश्रीतको निधन भएपनी चालक निर्मल लामा जिवतै भएको घटना नेपाली राजनितिको इतिहास छ । कालिगण्डकीमा खसेको जिप करिब पाँच सय मिटर तल बेगखोलामा असार १५ गते भेटिएको थियो । जिपसंगै नदीमा खसेका दुवै जनालाई बगाएर बेपत्ता बनाएको सामान्य अनुमान विपरीत छ दिनपछि खड्का फिल्मी शैलीमा पोखराबाट प्रहरीको सम्र्पकमा आएका हन् ।
खड्काले प्रयोग गर्दै आएको मोवाईल ट्यागीङ गर्दा पोखरामा रहेको देखिएपछि आफन्तको सहयोगमा प्रहरीको सम्र्पकमा आएका खड्कालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रनाउ बिरबहादुर बुढाले बताए । चालक सकुशल सम्र्पकमा आएपछि प्रहरीको अनुसन्धान रवी र सबिताको सम्बन्धतर्फ केन्द्रित भएको छ ।
खड्काले प्रहरीलाई गाडी अकस्मात दुर्घटनामा परेपछि आफु खोलामा उछिट्टीएको र पौडी खेलेर बाहीर निस्कीएको बयान दिएका छन् । पौडी खेलेर नदीबाट निस्केपछि सडक मुनिको भिरमा साँझ परिञ्जेल लुकेर बसी राती गलेश्वर, पर्वत बगरफाँट हुदै पोखरा पुगेको खड्काले बताएका छन् ।
खड्काले घराम्दीबाट पोखरा जाने यात्रु भएको भनेर आफूलाई बोलाएर भेला भएका गाउँलेले नेपालीलाई गर्भवती बनाएको आरोप लगाएको बताउँदा छागाबाट खसेजस्तै भएको बयान दिएका छन् । छलफलका क्रममा नेपालीको पेटमा रहेको गर्भलाई स्वीकार गरेका खड्काले नेपालीलाई संगै लिएर जाने बताएका थिए ।
घराम्दीबाट बेनीतर्फ हिड्ने क्रममा संगै आउन खोजेका आमा समूह र नेपालीका आफन्तलाई गाडी फर्काएर आउँछु भन्दै हिडेका खड्का गाडी कुदाएर सबितालाई मात्र लिएर गएको पिडितले दिएको जाहेरीमा उल्लेख छ । खड्काका तिन छोराछोरी छन् । अबिवाहीत नेपाली पाँच महिनाको गर्भवती भएको स्थानीयले बताएका छन् ।
खड्काले दुर्घटना भएर संयोगले आफू बाचेको दावी गरेका छन भने नेपाली र घराम्दीका बासिन्दाले नियतबस गाडीसंगै नेपालीलाई कालीगण्डकीमा खसालेको दावी गरेका छन् ।
yo saderndra dhangle ghatayeko gatna yesta papilai sake fasi na bhaye janma kaid hunu parxa
yeti sabita tallo jat ko keti ho thaha huda hudai pani ta uslai aafno jaalma fasayera 5 mahinako pet bokayera ahile unmukta huna khojne yo sab tesko jal ho
yesle yo sab jani jani gareko gatna ho yesta papilai hadai sammako sajaye hunu jaruri x ani sabita nepali lai yesle kholamai fyako ki wa katai lager mareko hunu parxa jaba talai moj garne belama sano thulo dekhinas jaba gaule le tero galti bhetaiyer talai bhidayepaxi thaha bhayo kukur
manchhe bhayera aafno aaukatma basna sikna parxa 2 ota srimati nahune koipani xaina na yo samaj ma tala ghado sabita tallo jat ho bhanne ma bhayo jaba sabita lai aafno jal ma fasayera moj garne samayema sochnu parthyo tyo kura papi saitan kukur
yeti yeslai yasari tarikh wa kunai chalkhelma chhadiyo bhane nepal ma kanoon parti manishko aasha udne chha