छिसबाङका मल्लले गरे विद्यालयलाई कम्युटर सहयोग

  • २३ असार २०७५, शनिबार
  • 2504 पटक पढिएको

म्याग्दी, २३ असार । म्याग्दीको मंगला गाउँपालिका –५ छिसबाङमा रहेको सारदा आधारभुत विद्यालयलाई एक युवाले कम्युटर सहयोग गर्नुभएको छ । कोरियाबाट आउनुभएका स्थानीय सन्तोष मल्लले रु ५४ हजार बराबरको कम्युटर उपलब्ध गराउनुभएको हो ।

विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्री र प्रअ खगेन्द्र सापकोटालाई सो सामाग्री हस्तान्रतण गर्नुभएको त्यहाँबाट ताराबहादुर क्षेत्रीले जानकारी दिनुभयो । साे अवसरमा सहयाेगदाता मल्ललाइ सम्मान समेत गरिएकाे थियाे ।