बस्ती माथि खनिएको सडकका कारण पहिरोको जोखिम

  • २२ असार २०७५, शुक्रबार
  • 2685 पटक पढिएको

बेनी २२ असार । म्याग्दीको मंगला गाउँपालीका ५ छिस्वाङ गाउँ बस्ती माथिबाट अव्यवस्थित रुपमा खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ । रकुम टिकावाङ सडक खन्दा निस्कीएको माटो खहरे खोलामा बाढी बनेर आउन थालेपछि बस्ती जोखिममा परेको हो ।

बिहीबार राती खहरे खोलाबाट आएको बाढीले मनबहादुर पुन र पुर्णबहादुर पुनको भैसी गोठमा क्षत्ती पुराएको स्थानीय ताराबहादुर क्षेत्रीले बताउनुभयो ।
चन्द्रबहादुर विकको घर पनी जोखिममा परेको छ । तत्काल रोकथामको प्रयास नभए २५ घर जोखिममा पर्ने क्षेत्रीले बताउनुभयो ।