वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकको शाखा विस्तार
- २१ असार २०७५, बिहीबार
- 2144 पटक पढिएको
बेनी २१ असार । जलजला गाउँपालीका ३ वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेर कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट (ख) बर्गको बैंकको अनुमती पाएको सांग्रीलाले म्याग्दी र पर्वतको उत्तरी क्षेत्रका सेवाग्राहीहरुलाई लक्षित गरेर वारीबेनीमा शाखा विस्तार गरेको हो । शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, रेमिटेन्स लगायत बैङ्कीङ सेवा सहज, छिटो, छरिटो रुपमा प्रदान गरिने प्रबन्धक शुलील थापाले बताउनुभयो ।
वारीबेनीमा स्थापना भएको सांग्रीलाको ४९ औ शाखा हो । काठमाडौको बालुवाटारमा प्रधान कार्यालय रहेको सांग्रीला र कशमस डेभलभमेन्ट बैंकबीच हालै एकिकरण भएको थियो । सम्पूर्ण कागजात र प्रक्रिया पुरा गरेर आएका कर्जाको प्रस्तावलाई ५ दिनमै कार्यान्वयन गरिने शाखा प्रबन्धक थापाले बताउनुभयो ।
सांग्रीलाको भिसा डेभिड कार्ड लिएर भारतको एपोलो हस्पीटलमा उपचार गर्न जानेलाई छुटको सुबिधा रहेको छ । पर्वत बेनीमा यसअघि एनआईसी एशिया र मोहन चोकमा नेपाल ईनभेष्टमेन्ट बैंकले शाखा विस्तार गरेका थिए । बैंकका शाखा विस्तार हुने क्रम बढेपछि उद्योगी, ब्यापारी, कृषक र सरकारी कारोबार गर्न जलजला गाउँपालीकाका बासिन्दालाई सहज भएको छ ।