जेसीजको आयोजनामा नेतृत्व विकास तालिम

  • २१ असार २०७५, बिहीबार
  • 2118 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी जेसीजको आयोजनामा बेनीमा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आईरहेको जेसीजले बेनी बजार भित्र रहेका युवाहरु, विद्यार्थी, क्लव, आमा समूहरुका प्रतिनिधिहरु राखेर नेतृत्व विकास सम्बिन्धी तालिम प्रदान गरेको हो । बेनी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बौल्दै वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले सामामाजिक संघ संस्था, उपभोक्ता समिति तथा युवा क्लव र विद्यार्थीहरुको नेतृत्व विकासका लागि जेसीजले सञ्चालन गरेको तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भने–“तालिममा आएर बस्नु सुन्नु मात्रै ठूलो कुरा होईन । जबसम्म तालिममा सिकेका कुरालाई हामी व्यवहारमा उतार्न सक्दैनौ तब सम्म तालिम लिनुको कुनै औचित्य छैन् । त्यसैले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु होला।”


म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले जेसीजको मूख्य काम भनेको नै नेतृत्व विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने बताउँदै आगामी दिनहरुमा पनि आवश्यकता अनुसार तालिमहरु सञ्चालन गर्दै जाने बताए । ७७ जना प्रशिक्षार्थीहरुको सभागीता रहेको तालिमको सहजीकरण मञ्जरी घिमिरेले गरेकी थिईन । कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठ लगायत जेसीजका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । शाखा अध्यक्ष कमल विश्वकर्माको अध्यक्षता उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेतृत्व विकास सँगै म्याग्दी जेसीजले पर्यटन, शिक्षा र सामाजिक काममा समेत आफ्नो गतिविधि अगाडि बढाउँदै गएको छ ।