पात्लेखेतका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, जेष्ठ नागरीकलाई सम्मान
- १७ असार २०७५, आईतवार
- सन्तोष गौतम
- 2055 पटक पढिएको
बेनी, १७ असार । बेनी नगरपालीका १० पात्लेखेतको वडा कार्यालयले १–५ तहका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण र जेष्ठ नागरीकलाई सम्मान गरेको छ ।
दिपक मावि, विद्योदय, ओखले र बराह आधारभुत विद्यालयका १०४ जना विद्यार्थीहरुलाई झोला, कापी, पेन्सील र डटपेन वितरण गरिएको हो । यसैगरी ८३ वर्ष पुगेका २० जना जेष्ठ नागरीकलाई नगद एक हजार र दोसल्ला सहित सम्मान गरिएको छ ।
अपांगता भएका १२ जनालाई एक हजार पाँच सय रुपैयाका दरले प्रोत्साहन रकम वितरण गरिएको छ । दिपक माविका एक, विद्योदय र ओखले आधारभुत विद्यालयका २, २ जना अपांगता भएका विद्यार्थीलाई दुई÷दुई हजार रुपैयाका दरले छात्रावृत्ती वितरण गरिएको वडा सचिव तिलक पौडेलले जानकारी दिनुभयो ।
कार्यबाहक वडा अध्यक्ष लोकबहादुर पुन, नगर कार्यपालीका सदस्य योगेन्द्रमान गौचन, वडा सदस्य बिष्णुबहादुर रकाल, पार्वती पौडेल र कमला नेपालीले सम्मान, शैक्षिक सामाग्री र छात्रवृत्ती वितरण गर्नुभएको थियो ।