न्यायीक समितिका पदाधीकारी र कर्मचारीका लागी तालीम सुरु

  • १६ असार २०७५, शनिबार
  • सन्ताेष गाैतम
  • 1939 पटक पढिएको

बेनी १६ असार । म्याग्दीका स्थानीय तहका न्यायीक समितिका पदाधीकारी तथा कर्मचारीहरुका लागि बेनीमा शनिबारदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।जिल्ला समन्वय समितिले न्यायीक समितिका पदाधीकारीहरुको क्षमत्ता विकास गरी उनिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउन सघाउने उद्देश्यले तालीमको सञ्चालन गरेको हो ।
तिन दिनसम्म सञ्चालन हुने तालीममा न्यायीक समितिको काम, कर्तब्य र अधिकार, मुद्दाको सुनुवाई, फैसला, मेलमिलाप लगायतको सैद्धान्तिक ज्ञान सिप प्रदान गरिने जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो ।

बेनी नगरपालीकाका उपप्रमुख, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाका उपाध्यक्ष तथा न्यायीक समितिका अन्य दुई, दुई जना सदस्यहरु सहभागी तालीमको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो ।तालीमको उद्घाटन गर्नुहुदै जिसस प्रमुख केसीले न्यायीक समितिलाई क्रियाशिल र प्रभावकारी बनाउन तालीम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले न्यायीक समितिमा मुद्दाको चाप बढेको बताउँदै ईजलासको आवश्यकता रहेको बताउनुभयो ।

जिसस प्रमुख केसीको अध्यक्षता, समन्वय अधिकारी सुवेदीको स्वागत र शाखा अधिकृत गोविन्द सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा न्यायीक समिति रहने संवैधानीक व्यवस्था छ ।

समितिले संबिधानले दिएको क्षेत्राधिकारमा रहेर बिवाद, झैझगडा सम्बन्धि मुद्दाको उजुरी लिने, छलफलको माध्यमबाट मेलमिलाप गराउने र थप कारबाहीका लागि अदातल पढाउन सक्ने व्यवस्था छ । म्याग्दीका सबै स्थानीय तहले न्यायीक समितिलाई पूर्णता दिएर उजुरीको किनारा लगाउने सम्बन्धि कानुन पनी बनाएका छन् ।

सन्ताेष गाैतम