पोखरामा भएको दुर्घटनामा म्याग्देली चेलीको निधन, दुर्घटनाले खोस्यो दानाकी बृन्दाको जिवन

  • १३ असार २०७५, बुधबार
  • 8214 पटक पढिएको

म्याग्दी, १३ असार । पोखराको मालेपाटनमा बुधवार भएको सवारी दुर्घटनामा म्याग्देली चेलिको निधन भएको छ । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईकमा सवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाकी २५ बर्षिय बृन्दा थापाको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिक्षामा सहभागी हुन तयारी अध्ययनको लागि अघिल्लाे दिन मात्रै पोखरा पुगेकी बृन्द्धा स्टेशनरी सामाग्री खरिदको लागि बस्ने कोठाबाट बजार निस्कीएकी थिइन् । उनको पार्थिब शरिरलाई अहिले पोष्ट मार्टमको लागि गण्डकी अस्पतालमा राखिएको घटनास्थल पुग्नुभएका सुनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
साथीसंग बाइकमा सवार थापाको दुर्घटनामा परेर निधन भएपछि यतिबेला म्याग्दी स्तब्ध बनेको छ ।

मिलनसार स्वभावकी थापा म्याग्दीकै घराम्दीमा शिक्षीकाको रुपमा कार्यरत थिइन् । उक्त दुर्घटनामा परि म्याग्दीको बरंजाकै धन छन्त्याल समेत घाइते भएका छन् । उनको अहिले मणिपाल अस्पतालमा भर्ना गरि उपचार भैरहेको छ ।