रुममा सात दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • १३ असार २०७५, बुधबार
  • साधन राम्जाली मगर
  • 2379 पटक पढिएको

म्याग्दी, १३ असार । म्यााग्दीको मालिका गाउँपालिका– २ रुममा ७ दिने मगर भाषा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल मगर संघ रुम गाउँ इकाइ समितिको आयोजनामा सञ्चालन भएको नाराणिगाहा मगरले प्रशिक्षण दिनुभएको थियो ।

गत ७ गतदेखि सुरु भएको प्रशिक्षण मंगलबार सम्पन्न भएको नेपाल मगर संघ रुमका अध्यक्ष तारा बहादुर रोका मगर लेजानकारि दिनुभएको छ । सात दिन सम्म सन्चाालन भएको सो प्रशिक्षण कार्यक्रममा ५० जना प्रशिक्षार्थिहरुले भाग लिएका थिए ।

मगर समुदायको लोपउन्मुख भाषा मगर भाषा लाइ प्रभाबकारि एवं दिगो बनाउनका लागि दोस्रो चरण अन्तर्गतको ६ महिने मगर भाषा प्रशिक्षण कार्यक्रमम सुरु भएको अध्यक्ष रोका मगरले जानकारि दिनुभयो । मगर समुदायको भाषा तथा कलाको संरक्षण एवं पर्बद्धन गर्नका लागि सो मगर भाषा कक्षा संचालन गरिएको अध्यक्ष रोका मगरले बताउनुभयोे ।

साधन राम्जाली मगर