मुक्तिधाम माविका अनुपम ३.९० जिपीए सहित सामुदायिक तर्फ उत्कृष्ट बने

  • ११ असार २०७५, सोमबार
  • 2666 पटक पढिएको

म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सहभागी भएका अनुपम केसीले ३ दशमलब ९० जिपीए सहित सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट नजीता ल्याउन सफल भएका छन् । शनिवार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा म्याग्दीका सामुदायिक विद्यालयहरुमध्ये भगवती निवासी कटुवाल उत्कृष्ट जिपीए ल्याएर उर्तिण हुने विद्यार्थी बनेका छन् ।

विद्यालयको तर्फबाट सहभागी भएर उत्कृष्ट नतिजा ल्याएर विद्यालयकै गौरब बढाएको विद्यालयका प्रधानध्यापक अमर कटुवाल (केसी) ले बताउनुभयो । उत्कृष्ट विद्यार्थी कटुवालका बुबा समेत रहनुभएका प्रअ केसीले अनुपम संगै मुक्तिधामकै अर्जुन परियारले समेत ३ दशमलब ७० जिपिए सहित उत्कृष्ट जिपिए ल्याएर उर्तिण हुन सफल भएको बताउनुभयो ।

केसी र परियारले ल्याएको नतिजा जिल्लामा सामुदायिक तर्फ प्रथम र द्धितिय हुने जनाइएको छ । विद्यालयबाट एसईई परिक्षामा सामेल भएका १०४ जना विद्यार्थीहरुको नतिजा सन्तोषजनक रहेको विद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक र व्यवस्थापकीय टिमको प्रयास र विद्यार्थीहरुको मेहनतले समग्र विद्यालयको नजीता सन्तोषजनक आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बहादुर मल्लले बताउनुभयो । उत्कृष्ट जिपिए सहित उर्तिण हुन सफल केसीले विज्ञान बिषयमा उच्च शिक्षालाई अगाडी बढाउने योजना रहेको प्रतिकृया दिनुभयो ।