गलेश्वर शिवालय सहकारीकाे हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन
- १० असार २०७५, आईतवार
- सन्दिप शर्मा
- 2203 पटक पढिएको
म्याग्दी १० असार ।म्याग्दी जिल्लाको बेनपा ९ गलेश्वरमा रहेको गलेश्वर शिवालय बहुउदेश्यीय सहकारी संस्था ले १० औं बार्षिकोत्सवको अवसरमा हाम्रो गलेश्वर, राम्रो गलेश्वर अभियान सञ्चालन गरेको छ ।सहकारीले आईतबार १० औं बार्षिकोत्सवको अवसरमा विभिन्न सम्मान कार्यक्रमका साथै गलेश्वर बजारमा फुल रोपेर हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन गरेको हो ।
कार्यक्रमलाई उद्घाटन गर्दै प्रदेशसभा सदस्य विनोद केसीले सहकारी मार्फत पनि यस्ता खालका धेरै अभियान सञ्चालन गर्न सकिने बताउनु भयो । उहाँले राज्यले ल्याएको तिन खम्बे अर्थ निती अन्र्तगत सहकारी पनि एक रहेको बताउनु भयो । त्यसैगरी सहकारी मार्फत देशको विकाश सम्भव रहेको बताउनु भयो ।
बार्षिकोत्सवको अवसरमा बेनपा ९ का जेष्ठ नागरीक त्रय लालप्रसाद सेर्चन, प्रेमप्रसाद शर्मा, सनबहादुर चोखाल, सहकारी मार्फत रिन लगेर सफल उधमी बनेको बताउँदै बेनपा ९ का सम्मरबहादुर खड्का र बावुराम चोखाल र राम्रो कर्य गरेको भन्दै कर्मचारी बन्धना श्रेष्ठ लाई नगद दुई हजार, खादा र अबिरले सम्मान गरीएको थियो ।
कार्यक्रममा सेयर सदस्य मनविर मिजारको मुत्यु भएकोले उनको परिवारलाई क्रिया खर्च बापत १५ हजार रकम उपलब्ध गराईएको थियो । सोही कार्यक्रममा परिवारको आर्थिक स्थिती कमजोर, श्रीमती गुमाएका र दुई छोरा बाबु दिपक मिजारलाई खाद्यन्न तथा बाल बच्चाको उचित शिक्षा प्रदानका लागि स्टेशनरी उपलब्ध गराईएको थियो । कार्यक्रममा मिजारलाई रघुगंगा गाउपालिका २ भग्वतीका वडा अध्यक्ष रिमबहादुर केसीले बाल बच्चाको उचित शिक्षाका एक हजार रुपैयाँ प्रदान गर्नु भएको थियो ।
सहकारीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बेनपा ९ का वडा अध्यक्ष बेलवहादुर चोखाल, रघुगंगा गाउपालिका २ का वडा अध्यक्ष रिमबहादुर केसीले मन्तब्य ब्यक्त गर्नु भएको थिायो । सहकारीको सचिव फुलकुमारी रोकाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषध्यक्ष खगराज पोखरेलले स्वगत गरेका थिय ।