मल्लाजका जनप्रतिनिधिको नमुना काम
- ३ असार २०७५, आईतवार
- सन्तोष गौतम
- 4031 पटक पढिएको
मल्लाज, ३ असार । पर्वतको जलजला गाउँपालीका वडा न. ३ का जनप्रतिनिधिले आफ्नो सुबिधाका लागि बिनियोजन भएको बजेट सर्वसाधारणलाई फाईदा पुग्ने योजनामा लगानी गरेका छन् । गाउँपालीकाले वडाका अध्यक्षका लागि मोटरसाईकल खरिद गर्न बिनियोजन गरेको बजेट जनप्रतिनिधिहरुले मल्लाजमा खानेपानी विस्तार योजनाका लागि उपलब्ध गराएका हुन् ।
वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले मोटरसाईकल खरिदका लागि बिनियोजन भएको दुई लाख पचास हजार रुपैया रकमान्तर गरेर पुम्दीखोला खानेपानी आयोजनाका उपभोक्ताहरुलाई निजी धारा जडानका लागि अनुदान उपलब्ध गराएको बताउनुभयो ।
२२४ घर उपभोक्तालाई निजी धारा र मिटर जडानका लागि दुई हजारका दरले अनुदान उपलब्ध गराउने निर्णय भएको वडा सदस्य शशी शर्मा आचार्यले बताउनुभयो । यसअघि गाउँसभाबाट धारा जडानको लागि दुई लाख पचास हजार रुपैया बिनियोजन भएको थियो ।
निजी मोटरसाईकल चढ्दै आएको र जनतालाई सुबिधा पुगोस भनेर धारा जडानका लागि अनुदान उपलब्ध गराएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । धारा जडान भएर घरघरमा खानेपानी वितरण भैसकेको छ । केही दिनमै अनुदान वितरण गरिने उहाँले बताउनुभयो ।
यसैबीच जलजला ३ मल्लाजमा चालु आर्थिक वर्ष २०७४÷७५ मा गाउँसभाबाट पारित र रकमान्तर गरिएका २८ वटा मध्य २५ वटा योजना तथा कार्यक्रम सम्पन्न भएका वडा कार्यालयले जनाएको छ । वडाका योजनाका लागि ४५ लाख रुपैया बजेट बिनियोजन भएको थियो ।
विद्यालयको कक्षा कोठा भवन मर्मत, पदमार्ग निर्माण तथा मर्मत, सडक स्तरोन्नती, विद्युतीकरण, खानेपानी सुबिधा विस्तार सम्बन्धि योजना निर्माण गरिएको वडा सदस्य चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । पाँच लाख ९० हजार रुपैया बजेट बिनियोजन भएको विद्याज्योती मावि र पर्वत बेनी आधारभुत विद्यालयको कक्षा कोठा भवन मर्मत योजना सम्पन्न भएको छ ।
तिन लाख रुपैया बिनियोजन भएको पर्वत बेनी बसपार्कमा ढल व्यवस्थापनका लागि नाली निर्माण योजना सुरु भएको छ । दुई लाख ९० हजार रुपैया बिनियोजन भएको दारिम्बोट प्याराडाईज घोडेटो बाटो निर्माण योजना सकिएको छ ।
बेनी भुर्तला समीबोट पदमार्गमा रेलीङ निर्माण, सल्यान कोतघर पदमार्ग निर्माण, बगरफाँट डिलफाँट पदमार्ग, स्कुलचोक देखि विद्याज्योती मावि जोड्ने मोटरबाटो मर्मत, डिलफाँट कोटघर पदमार्ग लगायत योजना सम्पन्न भएको छ ।
दुई लाख बिनियोजित युवा शशक्तीकरण कार्यक्रम मार्फत दश जना युवती र १५ जना युवाहरुलाई हलुका सवारी चालक तालमि सञ्चालन भएको छ । दुई लाख पचास हजार बिनियोजित सुरक्षित मातृत्व कार्यक्रम मार्फत मल्लाज स्वास्थ्य चौकीमा ल्याब सञ्चालन भएको छ । आगामी वर्ष टुक्रे योजनालाई निरुत्साहीत गरि जनतालाई राहत पुग्ने र प्रभावकारी योजना छनौटमा प्राथमिकता दिने वडा अध्यक्ष भण्डारीले बताउनुभयो । वाईट