अन्नपूर्ण गाउँपालिका स्तरिय हाजिरी जवाफ कार्यक्रम

  • २ असार २०७५, शनिबार
  • 2273 पटक पढिएको

सन्दीप खत्री
युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि स्थापित म्याग्दी जेसीजको गाउँ केन्द्रीत कार्यक्रमले तिव्रता पाउन थालेको छ । जिल्लामा रहेका ६ वटा स्थानीय तहमा जेसीजले विविध कार्यक्रम गर्ने योजना अन्तर्गत शुक्रबार अन्नपूर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय हाजिरी जफाव प्रतियोगिता सम्पन्न गरेको शाखा अध्यक्ष कमल विश्वकर्माले बताएका छन् । म्याग्दी जेसीजले रघुगंगा गाउँपालिकाको रुइसे पर्यटन प्रबद्र्धन कार्यक्रम पश्चात गाउँपालिमा विभिन्न कार्यक्रमको सुरुवात गरेको थियो ।
फरक फरक गाउँपालिका फरक फरक कार्यक्रम गर्ने योजना अन्तर्गत अन्नपूर्ण गाउँपालिका गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । सर्वोदय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको हाजिरी जवाफ प्रतियोगितामा ८ वटा विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा पाउद्वार मा.वि. प्रथम, टिकोट मा.वि. द्वितिय र सर्वोदय मा.वि. तृतीय हुन सफल भएका थिए । उनीहरुला ई आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले पहिले सदरमुकाममा मात्र सिमित रहेको जेसीज गाउँमा आएर रचनात्मक काम गरेको देख्दा खुसी लागेको बताईन । उनले विद्यार्थीको प्रतिभा पहिचान र प्रष्फुटका लागि म्याग्दी जेसीले आगामी दिनमा पनि गाउँपालिका केन्द्रीत यस्तै किसिमका कार्यक्रम सञ्चालनका लागि अनुरोध गरिन ।
अन्नपूर्ण गाउँपालिका २ वडाका अध्यक्ष ओमप्रसाद फगामीले समेत मन्तव्य व्यक्त गरेका थिए । शाखा अध्यक्ष विश्वकर्माले जेसीले आफ्ना गतिविधिहरुलाई गाउँकेन्द्रीत गर्ने भन्दै विभिन्न संघसंस्था सँग सहकार्य गरी नयाँ रचनात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम संयोजक सुजन बरुवालको सञ्चालन तथा कार्यकारीणी उपाध्यक्ष खम थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।