रघुगंगामा अपाङगता सञ्जाल गठन
- २७ जेष्ठ २०७५, आईतवार
- 2851 पटक पढिएको
म्याग्दी, २७ जेठ । अपाङ्ग संघ म्याग्दीले संघिय संरचनाअनुसार गाउँपालिका स्तरीय अपाङ्गता सञ्जाल गठनलाई तिव्रता दिएको छ । अपाङ्ग संघले रघुगंगा गाउँपालिकामा बासुदेव सुवेदीको अध्यक्षतामा अपाङ्गता सञ्जाल गठन गरेको छ ।
गाउँपालिकाको केन्द्र मौवाफाटमा भएको भेलाले संघको उपाध्यक्षमा सन्ध्या छन्त्याल, सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा सविना कुमारी कटुवाल, सह– सचिव रुपा विक रहेको कार्यसमितिको सदस्यमा रुविक कुमार पुन, टिका ब मल्ल, चन्द्र प्रसाद छन्त्याल, दल बहादुर पुन, पार्वती खत्री, सावित्री रिजाल, पञ्चबहादुर रिजाल संजालमा रहेका छन् । सो संजालको सल्लाकारमा गणेश सुवेदी रहेका छन् ।
अपाङ्ग संघ गठन तथा संशक्तिकरण कार्यक्रमलाई सम्वोधन गर्दै गाउपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाले अपाङ्गता ब्यक्तित्व विकासमा आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने बताउदै गाउँपालिका भित्र बन्ने विकास निर्माणमामा अपाङ्गता मैत्री भवन तथा सेवासुविधा निर्माण गरि सहज रुपमा उपलब्ध गराउने बताए । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला तिलिचा, प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाई, वडा अध्यक्ष जीवन मल्ल, ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदी र पवित्रा आमासमुहकी अध्यक्ष कमला केसीले शुभकामना मन्तव्य राखेका थिए । संघका प्रदेश महासचिव सुरेन्द्र केसीले संघले जिल्लामा गर्दै आएको गतिविधि र अपाङ्गता ब्यक्तिहरुको अवस्थाबारे जानकारी गराएका थिए ।
अपाङ्ग संघ म्याग्दीका उपाध्यक्ष गणेश सुवेदीको अध्यक्षता, अपाङ्ग संघ वडा २ का अध्यक्ष बासुदेव सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य यामकुमारी गर्वुजाले गरेकी थिईन । संघले बेनी नगरपालिका, अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा संघको सञ्जाल गठन गरिसकेको छ ।