दुर्लभ बन्यजन्तुको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ

  • २७ जेष्ठ २०७५, आईतवार
  • 2286 पटक पढिएको

म्याग्दी, २७ जेठ । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो ।

पुनको घरमा लुकाइराखेको बिना लाइसेन्सको अवैध एक नाले भरुवा बन्दुक रहेको र उनको घरमा लरा पारेर राखिएको मासु दुर्लभ जनावरको जस्तो देखिएकाले उनलार्य पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभयो ।

पुनलाई भरुवा बन्दुक र वन्यजन्तुको मासुसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।