अर्थुङ्गे ठुलो सल्लेरी सामुदायिक बनको आमभेला

  • २६ जेष्ठ २०७५, शनिबार
  • 2097 पटक पढिएको

म्याग्दी, २६ जेठ । बेनी नगरपालिका–६ मा रहेको अर्थुङ्गे ठुलो सल्लेरी सामुदायिक बना उपभोक्ता समितिको १८ औँ आम भेला शनिवार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष पशुपती शाहीको अध्यक्षतामा भएको भेलाको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले सामुदायिक बनको संरक्षणको लागि समितिले खेलेको भुमिका स्रहानीय रहेको उल्लेख गर्दै वन संरक्षणले वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा नगर बन महासंघका अध्यक्ष मुक्ति खड्का, इलाका बन कार्यालयका खडानन्द सुवेदी, उपभोक्ता समितिका सल्लाहकार धु्रव सुवेदी ,सहसचिब सुवास विश्वकर्मा , उपभोक्ता एवम जामुनाखर्क माविका प्रतिनिधि रामप्रसाद सुवेदी, सयमुरे सामुदायिक बनका अध्यक्ष जिवन आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

समितिका सचिब नगेन्द्र केसीको सञ्चालन र उपाध्यक्ष हरिकृष्ण आचार्यको स्वागत रहेको उक्त कार्यक्रममा विपन्न एवम जेहेन्दार विद्यार्थी कृष्टी सुनार र पुनम खत्रीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।