मराङका युवा विकास निर्माणमा !

  • २६ जेष्ठ २०७५, शनिबार
  • तेजिन्द्रमान पुन
  • 3105 पटक पढिएको

मराङ, २६ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका युवाहरु विकास निर्माणमा जुटेका छन् । निर्माणधिन बिम–मराङ–मल्कबाङ सडक अन्र्तगत सडक विस्तार भएको मराङ बेशीमा स्थानीय डाँफे युवा क्लबले युवाहरुको अगुवाईमा मोटर बाटोमा नाली निर्माण सुरु गरेका हुन् ।

सडक निर्माणको लागि गाउँपालिका कार्यालयबाट विनियोजन भएको बजेट मध्ये नाली निर्माणको लागि छुट्टिएको रु ४ लाख ५१ हजार बजेटबाट युवा क्लबमा आबद्ध युवाहरुले नाली निर्माणको काम सुरु गरेका हुन् ।


क्लबका अध्यक्ष जग बहादुर गर्वुजाको नेतृत्वमा दैनिक १७ जना परिचालन भएर नाली निर्माण गरिरहेका छन् । युवाहरुले गाउँपालिकाबाट विनियोजन बजेटमा श्रमदान समेत गरि स्तरीय नाली निर्माण गर्ने योजना गरेको क्लबका अध्यक्ष गर्वुजाले जानकारी दिए ।

भर्खरै विस्तार भएको सडकमा बर्षातको समयमा आउने भलबाढी सडकमै बग्दा सडक जिर्ण हुने भएपछि सडक विस्तार भएको पहिलो बर्ष नै नाली निर्माण गर्न लागिएको हो ।

तेजिन्द्रमान पुन