देविस्थानको रुन्मामा सडक पुग्यो (फोटो फिचर)

  • २५ जेष्ठ २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2851 पटक पढिएको

 

म्याग्दी २५ जेठ ः म्याग्दीको मालिका गाउँपालीका ५ देविस्थानको रुन्मा गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीयबासीको सक्रियतामा दरवाङ–देविस्थान सडकको ओखलढुङ्गा खण्डदेखि हकलाङ टावर हुदै रुन्मा गाउँ जोड्ने सडक निर्माण भएको हो ।

पन्ध्र लाख पचास हजार रुपैयाको लगानीमा पाँच किलोमिटर ५०० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर पुनले जानकारी दिनुभयो । मालिका गाउँपालिकाले चालु आर्थिक वर्षमा चार लाख रुपैया बिनियोजन गरेको थियो ।

गाउँपालीकाको बजेटबाट करिब चार सय मिटर पहाडमा ट्याक खोल्ने सम्झौता भएपनि स्थानीयबासीबाट रकम संकलन गरेर गाउँसम्मनै सडक पु¥याइएको अध्यक्ष पुनले बताउनुभयो । सडक निर्माणका लागि स्थानीयबासीबाट नौ लाख पचास हजार रुपैया जुटाइएको थियो । थप दुई लाख पचास हजार रुपैया ऋण रहेको छ ।

सडक निर्माण भएपछि रुन्मा गाउँका १७५ घरधुरी लाभान्वित भएका स्थानीय युवा रवीन फगामीले बताउनुभयो । स्थानीयबासीलाई आवत जावत, निर्माण सामाग्री, दैनिक उपभोग्य बस्तु, खाद्यान्न ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य बस्तु निकासीमा सहज भएको छ । रुन्मा गाउँ आलु र सुन्तला खेतीका लागि प्रसिद्ध छ । रुन्मा डाँडाबाट हिमाल र पहाडी भुगोलको दृष्य अवलोकन गर्न पुग्नेहरुको चहलपह बढेको छ ।
सडक बनेपछि तिस मिनेटको पैदलयात्रा गर्नुपर्ने बाटो दश मिनेटमा छोटिएको छ । चार देखि छ मिटर फराकीलो सडकमा माईक्रोबस, जिप, ट्याक्टर, मोटरसाईकल सञ्चालन हुने गरेको छ । हालै योजनाको अनुगमन गर्नुभएका मालिका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले पालीकाको सहयोग भन्दा तेब्बर बढी स्थानीय स्तरमा सहयोग जुटाएर सडक निर्माण गरेका रुन्माबासीको काम प्रशसनीय भएको बताउनुभयो ।

यसैगरी मालिका गाउँपालीकाको केन्द्र दरवाङ बजार देखि देविस्थान हुदै जुक्जा जोड्ने सडक मर्मत गरिएको छ । गाउँपालीकाले बिनियोजन गरेको १९ लाख रुपैया बजेटबाट सडक फराकीलो बनाउने, मोड सुधार, नाली, ग्यावियन पर्खाल निर्माण लगायतका काम गरिएको वडा अध्यक्ष पिपला बुढाथोकीले बताउनुभयो । सडकलाई स्तरोन्नती गरेर बाह्ै महिना नियमित सवारी सञ्चालन गर्न प्राथमिकता दिएको उहाँले बताउनुभयो । तस्विर रविन फगामी रुन्मा

सन्तोष गौतम