बनौमा क्षमत्ता अभिवृद्धी तालीम सम्पन्न

  • २४ जेष्ठ २०७५, बिहीबार
  • 1770 पटक पढिएको

बेनी २४ जेठ । जलजला गाउँपालीका ९ बनौमा बिहीबार क्षमत्ता अभिवृद्धी तालीम सम्पन्न भएको छ । गरिब संग विश्वेश्वर कार्यक्रमको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालीममा बनौका जनप्रतिनिधि र छ वटा समूहका सचिव र कोषाध्यक्षको सहभागीता रहेको थियो । तालीमको जलजला गाउँपालीकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमका जिल्ला समन्वयकर्ता हिरामणी सापकोटाको सञ्चालन, बनौ मुल समितिका अध्यक्ष गमबिर फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष गौबहादुर पुनले गरिब संग विश्वेश्वर कार्यक्रमलाई प्रभावकारी बनाउन समुदाय सक्रिय बन्नुपर्ने बताउनुभयो ।

सामाजिक परिचालक सुनिता फगामी पुनले स्वागत गर्नुभएको कार्यक्रममा बनौमा गरिब संग विश्वश्वर कार्यक्रम मार्फत भएका गतिबिधि, उपलब्धी र आगामी योजनाको विषयमा पनी छलफल भएको थियो । स्थानीयबासीको आयआर्जन वृद्धीका लागि कार्यक्रमले सघाउदै आएको छ ।