लिटल गार्डेन एकेडेमीको आयोजनामा बेनीमा मण्टेश्वरी तालिम सुरु

  • १८ जेष्ठ २०७५, शुक्रबार
  • 1787 पटक पढिएको

म्याग्दी, १८ जेठ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीको आयोजनामा २ दिने मण्टेश्वरी तालिम सुरु भएको छ । किड्स पब्लीकेशनको सहकार्यमा आयोजित तालिममा जिल्लाका विभिन्न आवासीय विद्यालयका ४० जना शिक्षकहरुको सहभागीता रहेको छ ।

लिटल गार्डेन एकेडेमीका संस्थापक एवम निर्देशक बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै शिक्षा तथा समन्वय इकाइका स्रोत व्यक्ति डेक बहादुर बानियाँले तालिमले शिक्षकहरुमा विद्यालयमा आउने नयाँ बालबालिकाहरुलाई खुसी बनाएर शिक्षण गर्ने शैलिको विकास गराउन सहयोग पुग्ने बताउनुभयो ।


सो कार्यक्रममा मुख्य प्रशिक्षक सिटीएफका रेखा महर्जन र सहायक प्रशिक्षक सरीता महर्जनले समेत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन प्रिन्सीपल खुम बहादुर केसीले गर्नुभएको थियो । शनिवार सम्म सञ्चालन हुने उक्त तालिममा लिटल गार्डेन एकेडेमी , नर्थ स्टार बोर्डिंग स्कुल, गलेश्वर आदर्श आवासीय बिद्यालय, न्यु होराइजन एकेडेमी, तातोपानी बोर्डिंग स्कुल र म्याग्दी एकेडेमीका शिक्षकहरुको सहभागीता रहेको छ ।