काँग्रेसको जागरण अभियान शुक्रबार बेनीमा सम्पन्न
- १८ जेष्ठ २०७५, शुक्रबार
- 1515 पटक पढिएको
म्याग्दी, १८ जेठ । नेपाली काँग्रेस म्याग्दीले जागरण अभियानलाई निरन्तरता दिएको छ । शुक्रबार बेनी नगरपालीकामा कार्यकर्ता जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर सभापती अनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सभापति खम्वीर गर्बुजाले जनताको माग अनुसार विकास निमार्ण कार्यमा लाग्ने कार्यकतालाई आग्रह गरेका थिए ।
उनले जनताले चुनावमा हामीलाई दिएको मतको कदर गर्नुपर्ने बताउदै नजताका चाहाना अनुसारको काम भए नभएको बारेमा चासो राख्दै समाजमा हुने विकासमा अग्रसर भएर लाग्नुपर्ने उनले बताए थिए । कार्यक्रममा पुर्व सांसद रेशम बानियाँ, नगरप्रमुख तथा निर्वाचित जिल्ला सचिव हरिकुमार श्रेष्ठ, पुर्व उपसभापति नेत्र महत,सचिव क्या मिन बहादुर कार्की, जिल्ला सदस्य माधव रेग्मी, ओम छन्त्याल, तरुण दल जिल्ला अध्यक्ष मुकुन छन्त्याल, महिना संघ अध्यक्ष बिमला गौचन, जिल्ला सदस्य मनकुमारी बिकले मन्तव्य राखेका थिए ।
नगर उपाध्यक्ष गोपाल बानियाँको स्वागत सचिव हरि प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरका १० वटा नै वडाका ईकाइ सभापति तथा कार्यकर्ताको सहभागीता रहेका थियो ।