मंगला गाउँपालिकामा अपांग सञ्जाल गठन

  • १७ जेष्ठ २०७५, बिहीबार
  • 2266 पटक पढिएको

म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालिकामा गाउँपालिका स्तरीय अपांग सञ्जाल गठन भएको छ । विहिवार बावियाचौरमा भएको भेलाले चक्रबहादुर नेपालीको अध्यक्षतामा १२ सदस्यीय गाउँपालिका स्तरीय अपांगता सञ्जाल गठन गरेको हो ।

सञ्जालको उपाध्यक्षमा याम कुमारी किसान, सचिबमा रुद्र बहादुर खड्का, कोषाध्यक्षमा खिमनाथ आचार्य र सह–सचिबमा अनिल विक चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा देवीप्रसाद सुवेदी, दिलकुमारी खत्री, कलदेवी जिसी, रसिक केसी, युकुमारी विक, दलबहादुर डगामी, श्रीराम मल्ल चयन भएका छन् ।

अपांग संघ म्याग्दीको समन्वय र गाउँपालिका कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रम अपांग संघ म्याग्दीका सदस्य अनिल विकको अध्यक्षता, गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको प्रमुख र कार्यकारी सचिब राजेन्द्र आचार्यको विशिष्ट आतित्यथा र अपांग संघ म्याग्दीका सचिब सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।