बुद्ध एकेडेमीका विद्यार्थीहरुलाई ट्राफिक निमय सम्वन्धी सचेतना

  • १७ जेष्ठ २०७५, बिहीबार
  • धु्रबसागर शर्मा
  • 3717 पटक पढिएको

म्याग्दी, १८ जेठ । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडमीका विद्यार्थीहरुलाई विहीवार ट्राफिक निमय सम्वन्धी सचेतनामूलक तालिम दिइएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र बेनीको आयोजना र जिल्ला ट्राफिक कार्यालय म्याग्दीको समन्वयमा कक्षा ९ र १० का गरी ६० जना छात्रछात्राहरुलाई ट्राफिक नियम सम्वन्धि विभिन्न जानकारी दिइएको थियो ।

तालिमका प्रशिक्षक जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख शिव पाठकले सवारी साधनहरुबो वढ्दो चापसंगै ट्राफिक ज्ञानको अभावले पनि कैयौं दुर्घटनाहरु भएका बताउनुभयो ।सोही अवसरमा ट्राफिक प्रमुख पाठकले विद्यार्थीहरुले सडक पारगर्दा अपनाउने पर्ने तरिका र ट्राफिक चिन्हहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा ट्राफिक प्रहरी,सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,विद्यालयका शिक्षक लगाएतको सहभागिता रहेको थियो ।


सामुदायिक प्रहरी सेवा केन्द्रले आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमहरुलाई जिल्लाका विभिन्न विद्यालयहरुमा विस्तार गर्ने लक्ष्य रहेको सामुदायिक सेवा केन्द्रका सचिव लक्ष्मण केसीले बताउनुभयो ।

धु्रबसागर शर्मा