बेनीमा तिन दिने पत्रकारीता कानुन र आचारसँहिता सम्वन्धि तालिम सुरु
- १६ जेष्ठ २०७५, बुधबार
- धिरन खत्री
- 2739 पटक पढिएको
म्याग्दी, १६ जेठ । सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधवार देखि बेनीमा प्रमुख कानून र आचार संहिता विषयक पत्रकार आवद्धता तिनदिने तालिम सुरु गरिएको छ ।
तिनदिनसम्म संचालन हुने तालिमलाई शुभारम्भ गर्दै प्रमुख प्रशिक्षक सुरेश आचार्यले मोफसलका पत्रकारहरुले कानून र आचार सहिंता सम्वन्धि जानकारी लिदै दैनिक ब्यवहारमा लागु गर्न आग्रह गरेका थिए । उनले पत्रकारहरुलाई जिम्मेवार र उत्तरदायी बन्नका लागि तालिमले सहयोग पु¥याउने बताए । कार्यक्रममा सूचना विभागकी निर्देशक तथा सूचना अधिकारी सुमन बज्राचार्यले पत्रकारले राज्यको सेवासुविधा पाउनका लागि सूचना विभागको नियम र कानुनबारे जानकारी हासिल आग्रह गरेकी थिईन । विभागले पत्रकारहरुलाई दक्ष सिर्जनशिल बनाउनका लागि समय समयमा तालिम आयोजना गरिराख्ने जानकारी गराईन । तिनदिनसम्म संचालन हुने तालिमलाई प्रशिक्षक सुरेश आचार्य र तोया गौतमले सहजिकरण गर्ने छन् ।
महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत सचिव गोरखनाथ सुवेदीको सञ्चालनमा तालिम सुरु गरिएको थियो । तालिममा पत्रकार एवम् सञ्चारकर्मी गरी ३० जनाको सहभागिता रहेको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l