जुवातास खेल्नेलाई तिन महिना कैद : भदाै १ गतेदेखि लागु हुने
- १६ जेष्ठ २०७५, बुधबार
- धिरन खत्री
- 3275 पटक पढिएको
म्याग्दी, १६ जेठ। मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को संसोधित कानुनमा जुवातास खेल्नेलाई ३ महिना कैद सजाय तोकिएको छ । मुलुकी संविधान अनुसार निर्माण भएको ऐनमा २०७५ साल भदौ १ गते देखि लागु हृुने गरि संसोधित कानुनमा जुवातास खेल्नेलाई ३ महिना कैद सजाय तोकिएको हो ।
कानुनी न्याय तथा संसदिय ममिला मन्त्रालय सिहँदरवार काठमाण्डौको आयोजनामा बेनीमा भएको देवानी र फौजदारी संहिता सम्वन्धि सचेतना अभिवृद्धि अन्तक्रिया कार्यक्रममा नयाँ कानुन सम्वन्धि अन्तक्रिया गरिएको छ ।
सो अन्तक्रिर्या कार्यक्रममा कानुन मन्त्रालयकी सह– सचिव लीलादेवी गड्तौलाले नयाँ कानुन भएको मुलुकी देवानी ऐनको आवश्यकता, संहिताकरण र गतिशिलताबारे जानकारी गराएकी थिईन । संविधान अनुसार स्थानीय संरचनामा सर्वसाधारण्को आर्थिक, सामाजिक र सास्कृति क्षेत्रमा न्यायपुर्ण ब्यवस्था कायम गरि सम्प्रदायहरु विचमा सुसम्वन्ध राख्नका लागि ब्यक्तिगत, पारिवारिक, सम्पति तथा विविध क्षेत्रमा निर्माण भएको नयाँ कानुनमा थपिएको नियम परिभाषा तथा कारबाही सम्वन्धि जानकारी गराएकी थिईन ।
त्यस्तै माननिय जिल्ला न्याधिश राजकुमार कोइरालाले देशमा शान्ति, सुरक्षा अमनचयन कायम राख्दै दण्डहिनता अन्त्य गर्नका लागि मुलुकी अपराध सम्वन्धि कानुनको उद्देश्य र विशेषताहरु जानकारी गराएका थिए । कुनै ब्यक्तिले गैरकानुनी गतिविधि गर्ने र दो¥याउने गरेमा नँया कानुन ऐन नियम अनुसार भदौ १ गतेदेखि जिल्लामा कारबाही सुरु गरिने बताए ।
सो कानु सम्वन्धि अन्तक्रिर्या कार्यक्रममा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगर,कार्यालय प्रमुख एवम् प्रतिनिधिहरु तथा पत्रकारको उपस्थित भएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l