अचेत अबस्थामा फेला परेका व्यक्तिको उपचारको क्रममा निधन, पहिचान अझै खुलेन

  • १४ जेष्ठ २०७५, सोमबार
  • 2512 पटक पढिएको

म्याग्दी, १४ जेठ । म्याग्दी सदरमुकाम बेनीमा अचेत अबस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । अचेत भई भुईमा लडिरहेको अवस्थामा उनलाई स्थानीयले उद्धार गरि उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याएका थिए ।

अचेत अवस्थामा अस्पतालमा पुर्‍याईएकोमा उनको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विरामी अचेत अबस्थामै फेला परेको र उनको उपचारकै क्रममा मृत्यु भएकाले सबलाई आफन्तको जिम्मा लगाउन उनका आफन्तहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सबको मुचुल्का लगायतको काम सम्पन्न भएपनि सनाखत नभएकाले उनको सबलाई अस्पतालकै सबगृहमा राखिएको जनाएको छ ।