स्वर्गिय आमावुवाको स्मृतिमा विद्यालयलाई सहयोग
- १४ जेष्ठ २०७५, सोमबार
- रञ्जना श्रेष्ठ
- 2093 पटक पढिएको
म्याग्दी, १४ जेठ । यहाँका एक समाजसेवीले स्वर्गीय मातापिताको स्मृतिमा विद्यालयमा सहयोग गरेका छन् । वेनि नगरपालिका ६ ढुंगानाथर (तल्लापानि) घर भइ हाल नवलपरासि गैडाकोटमा बस्ने लक्ष्मीधर पौडेलले आफ्ना स्वर्गिय बुवा भागिरथ र आमा फूलमति पौडेलको स्मृतिमा थाकन पोखरी आधारभुत विद्यालयले स्थापना गर्न लागेको अक्षयकोषमा ५१ ह्जार १ सय ५१ रुपैयाँ सहयोग गरेका हुन् । लक्ष्मीधर पनि सोही विद्यालयमै अध्ययन गरेका थिए ।
आफुले अध्ययन गरेको विद्यालयलाई शैक्षिक सुधारको लागि सहयोग गर्न पाउदा खुसी लागेको सहयोगदाता पौडेलले जानकारी दिए । नगरक्षेत्र भित्र सञ्चालित भएपनि विद्यालयमा आवश्यक भौतिक संरचना र शैक्षिक गुणस्तर सुधार गर्न हुन सकेको छैन । साविक अर्थुङ्गे गाविसको वडा नं. ४, ५, ६ र ७ नं. वडाको शैक्षिक केन्द्र रहेको विध्यालय पिपलवोट का पं. यज्ञदत्त पौडेल ले डाडाको वरको रुखमुुनि वसेर पढाउन सुरु गरेको विध्यालयले २०२१मा प्राविको स्वीकृती प्राप्त गरेको थियो ।
हाल सो क्षेत्रमा धेरै विध्यालयहरु सञ्चालनमा रहेका र थाकनपोखरीमा चासो कम भएकोले यसको सुधारमा धेरैनै लाग्नुपर्ने आवश्यकता रहेकोले सवै पक्ष संग समन्वय र सहकार्य को हात अगाडि वढाइएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पौडेलले वताए । ५ लाखको अक्षय कोष स्थापना गरी निम्न आयस्तरका विद्यार्थीलाइ छात्रवृत्ति उपलब्ध गराउने र विद्यालयमा दिवाखाजाको ब्यवस्था गर्ने अध्यक्ष पौडेलको भनाई छ ।