प्रेस युनियनको स्थापना दिवसको अवसरमा बालगृहमा शैक्षिक सामाग्री सहयोग
- १३ जेष्ठ २०७५, आईतवार
- 2600 पटक पढिएको
म्याग्दी, १३ जेठ । नेपाल प्रेस युनियनको २६ औँ स्थापना दिवसको अवसरमा आज म्याग्दी शाखाले बेनी स्थित बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा युनियनले नेपाल बाल संगठनद्धारा सञ्चालन बालगृहमा रहेका ११ जना बालबालिकाहरुलाई रु ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजा , सचिब क्याप्टेन मिन बहादुर कार्कि, प्रेस युनियनका सभापती गोपाल छन्त्याल, नेपाल महिला संघका अध्यक्ष बिमला गौचन लगायतले बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
बालगृहका बालबालिकाहरुलाई सामाग्री हस्तान्रतण गर्दै काँग्रेस सभापती गर्वुजाले जिर्ण भौतीक पूर्वाधकारमा सञ्चालन भैरहेको बालगृहलाई सुविधायुक्त भौतिक पूर्वाधार बनाएर सञ्चालन गर्नुपर्ने आबश्यकता औँल्याउँदै आफ्नो तर्फबाट समेत बालगृह सञ्चालनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमाम बालगृहका अध्यक्ष नेत्र बहादुर महतले २०५८ सालदेखि सुरु भएको बालगृह धेरै बालबालिकाहरुको भविश्य निर्माण गर्ने थलो बनीसकेको बताउँदै बालगृहको पुननिर्माणको लागि सबै पक्षबाट पहल गरिदिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष गौचन, पत्रकार महासंघका उपाध्यक्ष ठाकुर प्रसाद आचार्य, युनियनका केन्द्रिय पार्षद हरिकृष्ण गौतम लगायतले स्थापना दिवसको अबसरमा बालबालिकाहरुलाई सहयोग गरि रचनात्मक कार्य गरेको उल्लेख गरेका थिए । युनियनका जिल्ला सभापती छन्त्यालको अध्यक्षता र सचिब निर्मल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।