आगलागी पिडित भण्डारी परिवारलाई साँसद केसिको पहलमा राहत वितरण
- १२ जेष्ठ २०७५, शनिबार
- 2107 पटक पढिएको
म्याग्दी, १२ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पिडित एक घरपरिवारलाई रु ४० हजार बराबरको राहत वितरण गरिएको छ । म्याग्दीका प्रदेश सभा साँसद विनोद केसीको पहलमा सहयोग जुटाएर आगलागी पिडित जगिन्द्र भण्डारीको परिवारलाई राहत उपलब्ध गराइएको हो ।
विधुत सट भएर घरमा रु २५ लाख बराबरको क्षती व्यहोरेका भण्डारी परिवारलाई शुक्रवार खाद्यान्न, जस्तापाता गरि उक्त सहयोग गरिएको हो । पिडित परिवारलाई म्याग्दीकाली यातयातबाट रु ५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । त्यसैगरि रारा ग्रुप, साँसद विनोद केसी, टेकप्रसाद सापकोटा, इन्द्र मगर, मोतीलाल पौडेलबाट रु ३६ हजार बराबरको ३ बन्डल जस्ता पाता समेत सहयोग गरिएको छ ।
पिडित भण्डारीको घरमै पुगेर साँसद विनो केसी र रारा ग्रुपका अध्यक्ष हरि भण्डारीले वडा अध्यक्ष रिम कटुवाल सदस्यद्धय रविन भण्डारी र विष्णु भण्डारीको रोहोबरमा उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
आगलागीबाट घर जल्दा ४ लाख नगद, १३ तोला सुन, अन्नपात, लताकपडा जलेर नष्ट भएको अवस्थामा उपलब्ध भएको सहयोगले पिडित परिवारलाई राहत मिलेको छ ।