हङकङमै अस्ताइन् बावियाचौर सल्यानकी बोहोरा ! पार्थिब शरिर नेपाल पठाईयो

  • १२ जेष्ठ २०७५, शनिबार
  • 4246 पटक पढिएको

म्याग्दी, १२ जेठ । रोजगारिको शिलसिलामा हङकङमा पुगेकी एक म्याग्देली चेलीको निधन भएको छ । स्तन क्यान्सरबाट पिडित म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानकी गिता बोहोरा क्षत्रीको उपचारकै क्रममा हङकङमा मृत्यु भएको हो । ६ बर्ष अगाडी हङकङ पुगेकी बोहोरा क्षेत्री विगत दुईबर्ष देखी स्तनक्यान्सरबाट पिडित भएकी थिइन् ।


हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रावासी नेपाली संघ (मोना) हङकङ , क्षेत्री समाज हङकङ, पर्वत क्लब लगायतका विभिन्न संघ संस्थाको समन्वयमा क्षेत्रीको पार्थिव सरिरलाई आज नेपाल पठाईएको क्षेत्री समाज हङकङका उपाध्यक्ष बाबुराम क्षेत्रीले जानकारी दिनुभयो ।

उनको उपचारमा मोना हङकङ र क्षेत्री समाज हङकङ लगायतका विभिन्न संघ संस्था र व्यक्तिहरुले समेत सहयोग गर्नुभएको थियो । अस्पतालमै उपचार गराईरहेको अबस्थामा क्षेत्रीले आफ्नो जन्मगाउँ फर्कने इच्छा व्यक्त गरेकी थिइन् । उपचार गरि स्वदेश फर्किने उनको अपना अधुरै रहेपनि उनको परिवारको चाहना बमोजिम पार्थिब सरिरलाई हङकङबाट नेपाल पठाईएको हो ।

काठमाण्डौबाट समेत म्याग्दीमै ल्याएर उनको अन्त्योष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको उपचार सम्भव नभएपनि परिवारको राहतको लागि समेत सहयोग जुटाईरहेको क्षेत्री समाज हङकङले जनाएको छ ।