योजना तर्जुमा तथा बजेट निर्माणसम्बन्धी तालिम
- ११ जेष्ठ २०७५, शुक्रबार
- 1401 पटक पढिएको
प्रताप बानियाँ
म्याग्दी, जेठ ११ – स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको लागि योजना तर्जुमा तथा बजेट निर्माणसम्बन्धी प्रशिक्षण तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिइएको हो ।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको तालिममा २० जनाले सहभागिता जनाएका थिए । तालिमको जिल्ला समन्वय समिति प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, कोष तथा लेखा नियन्त्रक प्रमुख छविन्द्र बेलबासे र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण म्याग्दीका कार्यालय प्रमुख शिवराम गेलालले सहजीकरण गरेका थिए ।
तालिमका क्रममा स्थानीय तहमा बजेट निर्माण र योजनाहरुको प्राथमिकीकरणका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा पनि जनप्रतिनिधि र कर्मचारीहरुलाई योजना तर्जुमा र बजेट निर्माणका सम्बन्धमा तालिम दिइने बताइएको छ ।