पाखापानीमा अायाेजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय २० जना लाभान्वित

  • ११ जेष्ठ २०७५, शुक्रबार
  • धिरन खत्री
  • 2593 पटक पढिएको


म्याग्दी, ११ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा  अायाेजित  निः शुल्क स्वास्थ्य शिविरबाट ४सय २० जना स्थानीयबासी लाभान्वित भएका छन् । रघुगंगा गाउँपालिकाको आयोजना र जिल्ला अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा शुक्रबार आयोजना गरिएको निशुल्क शिविर सो संख्याले सेवा लिएका हुन् । गाउँपालिकाको निःशुल्क औषधी उपलब्ध र जिल्ला अस्पताल म्याग्दीका निर्मित प्रमुख विराट शर्माको नेतृत्वको टोलीले निशुल्क प्राविधि सहयोगमा सेवा प्रदान गरिएको हो ।सो शिविरबाट वडा नम्वर ६ का पाखापानी, कोटगाउँ, रायखोर, ठाडाखानी र औलाका बासिन्दाले निः शुल्क सेवा लिएका हुन् ।

पाखापानी स्वास्थ्य चौकीमा भएको शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण, औषधी वितरण, स्त्री तथा प्रस्तुती रोग, आखाँ जाच, प्रयोगशाला जाचँ, परिवार नियोजन, अप्ररेशन, भिडिया एक्सरे र दन्त सेवा लगायतको सेवा उपलब्ध गराईएको थियो । संघिय संरचनाअनुसार गाउँपालिका केन्द्र र जिल्लाको सदरमुृकाम पुगेर त्यहाँ जनतालाई सेवासुविधा लिन गाह्रो भएपछि गाउँपालिकाले हप्ताको एकचोटी सो ठाउँमा घुम्ती शिविर आयोजना गर्दै आएको छ ।


आर्थिक अवस्था कमजोर भएर घुडा दुख्ने समस्या ग्रसित पाखापानीका ७२ बर्षिय सबहादुर शेरपुञ्जाले सेवा लिदै ग्रामिण भेगका गरिव जनताका लागि यस्तो सुविधा निरन्तर उपलब्ध गराउन गाउँपालिका प्रमुख लगायतको टोलीलालाई आग्रह गरेका थिए । शो शिविरलाई उद्घाट्न गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले संघिय सरंरचना अनुसार सिहदरवारको अधिकार गाउँगाउँमा भन्ने मुल नारालाई जनताले अनुभव हुने गरि सेवा निरन्तर उपलब्ध गराउने बताउदै गाउँपालिकाभिका ग्रामिण बस्तीका जनतालाई स्थानीय सरकारको महशुर हुनेगरि घुम्ती शिविर आयोजना गरिसेवासुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै जिल्ला अस्पतालका अध्यक्ष माधवप्रसाद रेग्मीले संघिय संरचना अनुसार गाउँपालिकामा रहेका जनतालाई सेवासुविधा उपलब्ध गराउनका लागि आवश्यक जनशक्ति अस्पतालबाट सहयोग गर्न तयार रहेको बताउदै दक्ष प्राविधिक टोलीबाट निशुल्क सेवा लिन पाखापानीबासीलाई आग्रह गरेका थिए । भने निर्मित प्रमुख डाक्टर विराट शर्माले शुभकामना मन्तव्य राखेका थिए ।


गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, वडा ६ अध्यक्ष मनकुमार शेरपुञ्जाको स्वागत मन्तव्य, गाउँपालिका स्वास्थ्थ प्रमुख राजकुमार शाहीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष कमला पुन, प्रशासकिय प्रमृुख नारायणप्रसाद चापागाई, वडा ३ अध्यक्ष जीवन मल्ल लगायतका जनप्रतिनिधि तथा टोलसुधार समितिको उपस्थित भएको थियो । शुक्रबार गाउँपालिकाले पाखापानीमा घुम्ती शिविर आयोजना गरि योजना सम्झौता लगायतको सेवा उपलब्ध गराएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l