जवरजस्ती सार्वजनिक सवारी साधन रोक्ने ३ जना ब्यक्ती पक्राउ

  • ९ जेष्ठ २०७५, बुधबार
  • 2741 पटक पढिएको

म्याग्दी, ९ जेठ । म्याग्दीबाट मुस्ताङ जाँदै गरेका रिर्जभ बसहरुलाई रोकेर आफ्नो सवारी साधानमा जान बाध्य पार्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गलेश्वर स्थित गायत्री मन्दिर अगाडी गाडी रोकेर रिर्जभ बसहरुबाट जवरजस्ती यात्रुहरुलाई ओर्लन लगाई आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य पार्न खोजेका बिम घर भई बेनीमा बस्ने सागर श्रीपाली, पुलाचौरका बिश्वास शेरपुञ्जा र बेनीका आकाश घर्ती मगरलाई पक्राउ गरि केही सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता गरि कारबाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।