पात्लेखेतका पहिरोबाट विस्तापित ७ घरिपरिवारलाई सहयोग हस्तान्तरण

  • २५ बैशाख २०७५, मंगलवार
  • धिरन खत्री
  • 2303 पटक पढिएको


म्याग्दी,२५ बैशाख । जिल्लाको बेनी नगरपालिका १० पात्लेखेतका पहिरोबाट विस्थापित ७ घरपरिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।  गत बर्षको बर्खमा गएको बाण्डे खानी पहिरो र पाखाखेत पहिरोबाट विस्तापित पहिरो पीडितहरुलाई राहत रकम हस्तान्रण गरिएको हो ।
बेनपा १० को वडास्तरिय विपत ब्यवस्थापन समितिको सक्रियतामा ४ लाख ९६ हजार राहत संकलन भएको थियो । पहिरोबाट विस्तापीत भएर घर बनाएका घर मर्मत गरेका आधारमा क्षतीको मूल्याकंन गरि पीडितलाई मंगलबार एक कार्यक्रमविच वडा जनप्रतिनिधिको उपस्थितमा सो सहयोग हस्तान्तरण गरिएको हो ।


पहिरो पीडित लालबहादुर हमाललाई १ लाख, यामबहादुर राम्जालीलाई ५० हजार, खम्बी गर्वुजा ४५ हजार, हरी गुर्वजा ४० हजार, विमला नेपाली ३५ हजार, खिमबहादुर सार्की २५ हजार, नन्द जैसी २० हजार रुपैया गरि जम्मा ३ लाख १५ हजार सहयोग हस्तान्तरण वडा कार्यालयबाट गरिएको विपत ब्यवस्थापन समितिका सह–संयोजक भरत रकालल जानकारी गराए ।


विपत ब्यवस्थापन समितिको सक्रियतामा उठेको रकम मध्य १ लाख ८१ हजार रकम आउन सक्ने विपतलाई मध्यनजर गरि प्रमु बैकमा राखिएको छ। भने ९५ हजार उठ्न बाकी रहेको सह– सयोजक रकालले जानकारी दिएका छन् ।रकम हस्तान्तरण गर्न वडाका कार्यबाहक अध्यक्ष लोकबहादुर पुन, वडा सदस्यहरु विष्णु रकाल, पार्वती पौडेल, कमला नेपाली र वडा सचिव तिलक पौडेलको उपस्थितमा सो रकम हस्तान्तरण गरिएको सहसंयोजक रकालले जानकारी दिए । तस्विरः भरत रकाल

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l