फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु

  • २३ बैशाख २०७५, आईतवार
  • 1757 पटक पढिएको

बेनी २३ बैशाख । जलजला गाउँपालिका ४ फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु भएको छ ।  गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आयोजनामा सञ्चालीत तालीममा बिस जना महिलाहरुको सहभागीता रहेको छ । वडा अध्यक्ष भिष्म मल्लको अध्यक्षतामा सुरु भएको तालीमको गाउँपालिका उपाध्यक्ष सिमा पुनले उद्घाटन गर्नुभयो ।

उपाध्यक्ष पुनले गरिब विपन्न महिलाहरुको आयआर्जन सुधारका लागि सिप विकासमा जोड दिइने बताउनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिकाका एकल, अपाङ्ग र विपन्न महिलालाई ६० वटा सिलाई मेसीन निशूल्क वितरण गरीने उपाध्यक्ष पुनले बताउनुभयो ।