पर्यटन मन्त्री रविन्द्र अधिकारीको उपस्थितमा म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ
- २१ बैशाख २०७५, शुक्रबार
- 2370 पटक पढिएको
म्याग्दी,२१ बैशाख । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को पर्यटन मन्त्री अधिकारीको उपस्थितमा बैशाख ३० गते औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ ।नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीद्धारा भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम तय भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिए ।
म्याग्दीको सदरमुकाम बेनीमा विशेष कार्यक्रमका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिने उवासंघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए । जिल्लाको पर्यटकिय स्थललाई प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्रय पर्यटकको गन्त्वय बनाउने उद्देश्यका साथ भ्रमण बर्ष मनाउने तयारी गरिएको हो । म्याग्दीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निजी क्षेत्रले स्थानीय तह र सरोकारवाला निकायहरुको समन्वयमा भ्रमण वर्ष मनाउने तयारी गरेको हो ।