जेष्ठ नागरिकलाई ह्विल चियर प्रदान

  • २० बैशाख २०७५, बिहीबार
  • 3013 पटक पढिएको

म्याग्दी, २० वैशाख । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नागरिक आश्रममा रहेका असाह्य नागरिकको लागि २ वटा ह्विल चियर सहयोग भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय र एनआरएनए जापानले २ वटा ह्विल चियर सहयोग गरेका हुन् ।


उक्त सामाग्री विहिवार मोनाका कोषाध्यक्ष राम खड्का र मोना जापानका सल्लाहकार यामबहादुर खड्काले हस्तान्तरण गर्नुभएको थियो । हिँडडुल गर्न नसक्ने असक्त र असाह्य नागरिकहरुलाई सहज होस भन्ने उदेश्यले उक्त ह्विल चियर सहयोग गरिएको सहयोगदाताहरुले बताएका छन् ।


कार्यक्रममा बोल्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका आश्रमका अध्यक्ष रुद्रबहादुर केसीले सहयोगदाताहरुकै सहयोगले जेष्ठ नागरिकहरुको बसोबास र खानपीनका व्यवस्थापन गरिँदै आईएको बताउँदै सहयोग दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।