रघुगंगा गाउँपालिका अध्यक्षले बालबालिकाको अभिभावकत्व ग्रहण

  • १९ बैशाख २०७५, बुधबार
  • धिरन खत्री
  • 2499 पटक पढिएको

म्याग्दी, १९ बैशाख । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले अभिभावकको कमजोर आर्थिक अवस्था  भएकी बालिकाकाे  अभिभावकत्व ग्रहण गर्नुभएको छ। अध्यक्ष भण्डारीले रघुगंगा गाउँपालिका २ पखटोल निवासी ३ बर्षिय रोजीना कटुवाललाई  सिद्धार्थ ज्ञानमन्दिर प्राथमिक विद्यालयमा भर्ना संगै आवश्यक शैक्षिक साम्रागी उपलब्ध गराएर अभिभावकत्व ग्रहण गर्नुभएको हो ।


अभिभावकको कमजोर आर्थिक अवस्था भएकी रोजीना कटुवाललाई बार्षिक पढाई खर्चसंगै १२ कक्षासम्म अध्ययन खर्च उपलब्ध गराउनुभएको छ । सो अध्ययनपछि सावा ब्याज सहित ३६ हजार रकम पाउने गरि आमा लिला कटुवाल र छोरी रोजीना कटुवाल क्षेत्रीको नाममा बैकं खाता खोलेर अक्षय कोष स्थापना गरिदिने अध्यक्ष भण्डारीले घोषणा गरेका छन् । भने विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामाग्री पनि एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको छ । साथै वडा अध्यक्ष रिम बहादुर कटुवालले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका १ जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको थियो ।आर्थिक अवस्था कमजोर भएका अध्ययरत विद्यार्थीलाई भर्ना अभियान र शैक्षिक सामाग्री हस्तान्तरण गर्नुहुने गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई विद्यालय परिवारले धन्यवाद दिएका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रवि खत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष  भण्डारी र वडा अध्यक्ष कटुवाल लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रमको प्रअ तोरणबहादुर श्रेष्ठले संचालन गरेका थिए । संघिय सरकारले गरिब, विपन्न, अनाथ बालबालिकालाई विद्यालय भनाए गर्न देशभरका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधीलाइ्र आब्हान गरेअनुसार तिनै तहका जनप्रतिनिधिले भर्ना अभियान कार्यान्वयनमा ल्याएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l