बेनी दरवाङ सडकमा कडा चट्टान कटानका लागि एकहप्ता समय थप

  • १७ बैशाख २०७५, सोमबार
  • धिरन खत्री
  • 1876 पटक पढिएको

म्याग्दी, १७ बैशाख ।  बेनी– दरबाङ सडकमा कडा चट्टान कटानका लागि एकहप्ता समय थप गरिएको छ । पश्चिम म्याग्दीलाई सदरमुकामसंग जोड्ने बेनी दरवाङ सडक स्तरोन्नतीको लागि कडा चट्टान भएको ठाउँमा एक हप्ताको समयमा कटान नसकिएको हुदाँ जिल्ला प्रशासनमा आईतबार बसेको बैठकले समय थप गरेको हो ।


आईतबार बसेको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, राजनीतिक दल र सडक निर्माण गर्ने लामा समान्तार जेभि कम्पनीको सयुक्त छलफलले सडक निर्माण कार्यलाई गति दिनका लागि कडा चट्टानलाई कटानलाई एकहप्ता भित्र सिध्याउनका लागि समय थप गरिएको हो ।
बैशाख १७ गतेदेखि २३ गतेसम्म सवारी साधन विद्यालयको विद्यार्थी र हेभि ट्रकलाई लक्षित गरेर विहान ८ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सवारी चल्नका लागि बाटो खुलाउने निर्णय गरिएको जेभि कम्पनीका म्यानेजर गोविन्द्र भुषालले जानकारी दिए । सो समयमा विद्यालयको समयमा सवारी साधन र हेभि मालबाहक सवारी चल्न पाउने निर्णय भएको छ ।

सो एकहप्ताको समयमा बेनी दरबाङ सडकखण्डमा नियमित यात्रुबाहक गाडीलाई संचालन गर्न बेनी मारानथान, कुरिलाखर्क, डाँडाखेत हुदै ठुलोखोला नियमित सवारी संचालन गर्नका लागि सो सडक फराकिलो बनाउन सोमबार जेभि कम्पनीले डोजर प्रयोग गरेको छ । सो बाटोमा यात्रुबाहक ट्याक्सी, जिप, बोलेरो र बसमात्र नियमित रुपमा चल्ने छन् । भने हेभि सवारी माल बोकेको ट्रकहरु चल्न पाउने छैन्न । आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले बेनी नगरपालिका ४ कुनाको तालमा रहेको कडा चट्टानलाई एक हप्ताको समयमा कटान गरेर नभ्याएको हुदाँ सो रहेको चट्टानलाई कटानलाई भ्याउन र अन्य क्षेत्रको चट्टानलाई कटान गर्न समय तालिका परिर्वतन गरिएको हो ।
सवारी नियमित आवातजावातले निर्माण कार्य सुस्त भएको हुदाँ स्तरोन्नतीलाई तिव्रता दिन कम्पनीको आग्रहमा सरोकारवालाको बैठकको एक हप्ताको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।बेनी दरबाङ सडकखण्डमा बावियाचौरसम्म १४ किलोमिटरलाई कालोपत्रे गर्न सडक डिभिजन कार्यालय बागलुङ र लामा समान्तर जेभि निर्माण कम्पनीविच ठेक्का सम्झौता भएको थियो । पहिलो चरणमा बेनी देखि सिंगा विचमा सडक फराकिलो बनाउन तिन ओटा डोजर, १ जेसिभि र रिनेटिन र ग्याविन पर्खाल लगाउनका लागि २ सय कामदार पछिल्लो समय खटिएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l