सुशासन र सुरक्षालाई बलियो बनाउने प्रजिअ अधिकारीको प्रतिवद्धता
- १६ बैशाख २०७५, आईतवार
- धिरन खत्री
- 1519 पटक पढिएको
म्याग्दी,१६ बैशाख । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सुशासन र सुरक्षालाइबलियो बनाउने प्रतिवद्धता गर्नुभएको छ । आईतबार जिल्लामा क्रियाशिल पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले जिल्लामा रहेको विकास निर्माणका योजनाको अनगुमन, प्रशासनिक सेवालाई गुणस्तरिय बनाउन आफुले निरन्तर लागि पर्ने समेत बताउनुभयो । उहाँले आईतबार म्याग्दीका प्रमुख राजनीतिक दल, जिल्ला समन्वय समिति, जनप्रतिनिधि र कार्यालय प्रमुखसंग पनि भेटघाट गरि जिल्ला समसामयिक बारे जानकारी लिनुभएको थियो ।
सो क्रममा जिल्लामा क्रियाशिल पत्रकारले जिल्लामा हुने मेलापर्वलाई ब्यवस्थित, स्थानीय तहमा सुरक्षाको प्रवन्ध मिलाउन, विकास निर्माण योजना र प्रशासनिक क्षेत्रमा हुने ढिलासुस्ती र भष्ट्रचार जस्ता गतिविधिमा निगरानी बढाउन ध्यानाकषर्ण गराएका थिए ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l