विद्यालयलाई कम्युटर सहयोग
- १६ बैशाख २०७५, आईतवार
- केपी सापकोटा
- 1717 पटक पढिएको
म्याग्दी, १६ वैशाख । मंगला गाँउपलिका–३ खर्कमा रहेको जनप्रिय आधारभुत विद्यालयलाई भुतपुर्व वेलायती सैनिक गिरीबहादुर थापा द्वारा ७० हजार रुपौयाँ मुल्य बराबरको दुई थान कम्युटर सहयोग प्राप्त भएको छ ।
आईतबार विद्यालयमा एक औपचारीक कार्यक्रमगरी थापाकी श्रीमती कौशिला थापा र भाई राजु थापाले विद्यालयलाई कम्युटर सहयोग गरेको विद्यायलका शिक्षक केपी सापकोटाले बताउनु भयो । कार्यक्रममा बोल्दै सहयोग दाता कौशिला थापाले आधुनिक युगमा विद्यालयमा कम्युटर शिक्षाको आवश्यकता रहेको बताउँदै कम्युटर सहयोग गरेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मिलन रोकाको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्त्रण कार्यक्रममा सहयोग दाता कौशिला थापा, भाई राजु थापाले मन्तब्य ब्यक्त गरेका थिए । शिक्षक सापकोटाको सञ्चालन रहेको कार्यक्रमको स्वागत विद्यालयका प्रध्यानध्यापक यामप्रसाद घर्ती मगरले गनु भएको थियो ।