पूर्व जान्छु भनेर पश्चिम हिँडेपछि यस्तो भयो (भिडियो सहित)

  • १५ बैशाख २०७५, शनिबार
  • 2195 पटक पढिएको

म्याग्दी, १५ वैशाख । म्याग्देली कलाकार राम गगनको लोकदोहोरी गित पूर्व जान्छु भनेर पश्चिम हिँडीयो बोलको नयाँ गित बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–५ का गायक गगन र धौलागिरि गाउँपालिका–४ मुदीकी गायीका डिलिसा बुढाथोकीले संयुक्त रुपमा उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् ।


सो गितमा गायक गगन र गायीका बुढाथोकीको स्वर भरेका छन भने गायक गगनको लय र रमेश विसीकोे शब्द सिर्जना रहेको छ । सो गितको म्यजिक भिडियोमा गायिका बुढाथोकी सहित हाल सिंगापुर पुलिसमा कार्यरत रहनुभएका झलक पुनले अभिनय गरेका छन् ।

हाल काठमाण्डौमा बसेर साँगेतिक क्षेत्रमा सक्रिय रहेका कलाकार गगनले २०७५ सालको आफुले बजारमा लयाएको पहिलो उक्त गितलाई धेरैले मन पराउनेमा आफु विश्वस्त रहेको प्रतिकृया दिए । यस गितको गायीका र मोडल बुढाथोकीले गायन र मोडेलिङमा यसै गितबाट डेब्यु गरेकी हुन् । बासु न्यौपानेले छायांकन गरेको उक्त म्युजिक भिडियोमा दिनेशसिंह ठकुरीले निर्देशन र तुलसी बास्कोताले सम्पादन गरेका छन् । गायक गगनले यस अघि हेर्दामा राम्रो बेनीको बजार , बेनीको बजार मन पर्ने हजार बोलको सालैजो लगायतका करिब २ दर्जन बढी गीतहरुमा स्वर दिइसकेका छन् ।