नयाँ साहित्यिक संस्था गठन
- १५ बैशाख २०७५, शनिबार
- 2229 पटक पढिएको
म्याग्दीमा युवा साहित्यकर्मीहरुको भेलाले शुक्रबार वादल शाहीको अध्यक्षतामा चन्द्रसुर्य संञ्चार साहित्य संस्थाको तर्दथ समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा दलबहादुर रोका(दर्पण), सचिवमा समिर रोका, कोषाध्यक्षमा दिपक शर्मा र सह–सचिवमा नरबहादुर केसी र बविता विश्वकर्मा रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा तोपबहादुर कार्की, अमर छन्त्याल, निशा खड्का, खिमबहादुर आले, मलिन विक र गणेश पौडेल रहेका छन् । समितिले थप ७ जना सदस्य मनोनित गरिने उपाध्यक्ष दर्पण रोकाले बताए । समतिको सल्लाहकारमा अमित विश्कर्मा र शिव सस्मित चयन गरेको छ ।
युवाहरुलाई साहित्य क्षेत्रमा प्रवेश गराउने, साहित्यक पत्रिका निकाल्ने, सहित्यका क्षेत्रबाट समाज सेवा गर्ने लागायतको उद्देश्यका साथ संस्था गठन गरिएको उपाध्यक्ष दलबहादुर रोका दर्पणले बताएका छन् ।